काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा वाग्मती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ रअसिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राती देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमालगायत वाग्ममती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।