काठमाडौं । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप-२०२६ का लागि स्पेनले २६ सदस्यीय टोली घोषणा गरेको छ। घोषित टोलीमा बार्सिलोनाका आठ खेलाडी समावेश हुँदा रियल म्याड्रिडका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन्।
सन् २०१० को विश्वकप विजेता स्पेन यसपटक समूह ‘एच’ मा रहेको छ। उक्त समूहमा केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन्। स्पेनले जुन १५ तारिख केप भर्डेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। स्पेनको टोलीमा गोलरक्षकका रूपमा उनाई सिमोन, डेभिड राया र जोआन गार्सिया रहेका छन्। रक्षकतर्फ मार्क कुकुरेला, अलेहान्ड्रो ग्रिमाल्डो, पाउ कुबार्सी, एमेरिक लापोर्टे, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस लोरेन्टे र पेड्रो पोरो समावेश छन्।
त्यस्तै मिडफिल्डरमा पेड्रि, फाबियन रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्रिगो हेर्नान्डेज (रोड्री), एलेक्स बाएना, मिकेल मेरिनो र मिकेल ओयार्जाबल रहेका छन्।
स्ट्राइकरतर्फ ड्यानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियस, भिक्टर मुनोज र लामिन यामल टोलीमा परेका छन्।