काठमाडौं । जेसीआई पाटनको आयोजनामा तेस्रो मेयर कप खुल्ला ‘ब्लिट्ज रेटिङ’ चेस प्रतियोगिता सम्पन्न भएको छ । पाटनस्थित पाटन हाई स्कुल परिसरमा आयोजित प्रतियोगिता ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
देशभरबाट आएका १४२ खेलाडी सहभागी प्रतियोगितामा सल्याम शर्मा प्रथम हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।
प्रतियोगितामा एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्रप्रसाद श्रेष्ठ चौथो तथा सीएम नविन तन्डुकार पाँचौँ स्थानमा रहे । त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह तथा सन्देश श्रेष्ठ क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म रहन सफल भए ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट अनरेटेड समूहमा प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बू द्वितीय भए । उत्कृष्ट महिलातर्फ ग्लोसी श्रेष्ठ पहिलो र सनम श्रेष्ठ दोस्रो स्थानमा रहे । उत्कृष्ट पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्यामबाबु शाह द्वितीय भए । यू–१६ समूहमा हर्षवर्धन राठी पहिलो तथा शुभम जोश दोस्रो भए ।
यू-१४ समूहमा सात्विकमान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय भए । यू–१२ समूहमा श्रेष्ठ साहस पहिलो तथा दिपन मैनाली दोस्रो भए भने यू-१० समूहमा रियान्शु पौडेल प्रथम तथा आयम सुवेदी द्वितीय भए । एलो १७०० मुनि विधामा कविन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए । भेट्रान समूहमा पूर्णराज खड्का पहिलो तथा पुण्यमान कर्माचार्य दोस्रो भए ।
आयोजकका अनुसार प्रतियोगितामा कुल ५६ हजार रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको थियो । जेसीआई पाटनले चेस खेलको विकास, युवा प्रतिभा प्रोत्साहन तथा बौद्धिक खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । कार्यक्रममा खेलाडी, अभिभावक, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।