काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन अब तीन साता मात्र बाँकी छ। यसपटक ४८ टोली सहभागी हुने प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक १०४ खेल हुनेछन्। टोली संख्या र खेल बढेसँगै यस संस्करणलाई विशेष रूपमा हेरिएको छ।
विश्वकप फुटबलको ९६ वर्षे इतिहासमा हालसम्म ८० राष्ट्रले सहभागिता जनाइसकेका छन्। तीमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने केवल ८ राष्ट्रले मात्र उपाधि जित्न सफल भएका छन्। विश्वकप इतिहासमा सर्वाधिक सफल टोली ब्राजिल राष्ट्रिय फुटबल टोली हो। ब्राजिलले पाँच पटक विश्वकप उपाधि जितेको छ। उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा उपाधि उचालेको थियो।
त्यसपछि जर्मनी राष्ट्रिय फुटबल टोली र इटाली राष्ट्रिय फुटबल टोली ले समान चार–चार पटक उपाधि जितेका छन्। इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जित्दा जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा सफलता हासिल गरेको थियो। पछिल्लो संस्करण २०२२ को विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली ले तीन पटक उपाधि जितेको छ। अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो।
त्यस्तै उरुग्वे राष्ट्रिय फुटबल टोली ले दुई पटक उपाधि जितेको छ भने फ्रान्स राष्ट्रिय फुटबल टोली ले १९९८ र २०१८ मा विश्वकप जितेको थियो। इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोली ले १९६६ मा तथा स्पेन राष्ट्रिय फुटबल टोली ले २०१० मा पहिलो पटक उपाधि जितेका थिए। यता विश्वकपको फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसक्ने पाँच राष्ट्रमा नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टोली, क्रोएसिया राष्ट्रिय फुटबल टोली, हंगेरी राष्ट्रिय फुटबल टोली, चेकोस्लोभाकिया राष्ट्रिय फुटबल टोली र स्वीडेन राष्ट्रिय फुटबल टोली रहेका छन्।
विश्वकप नजिकिँदै जाँदा यसपटक नयाँ राष्ट्रले इतिहास रच्ला वा पुरानै शक्ति राष्ट्रले दबदबा कायम राख्लान् भन्ने विषयमा फुटबल समर्थकमाझ उत्सुकता बढ्दो छ।