काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध भइरहेको खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जित्दै ब्याटिङ रोजेका हुन्।
स्कटल्यान्ड हाल ३८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। अमेरिकाविरुद्ध जित निकाल्दै शीर्ष स्थान कायम राख्ने लक्ष्यसहित टोली मैदानमा उत्रिएको हो। यता अमेरिका राष्ट्रिय क्रिकेट टोली पनि ३६ अंकसहित दोस्रो स्थानमा रहेकाले आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने योजनामा छ।
स्कटल्यान्डको प्लेइङ-११ मा जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस, माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस रहेका छन्।
त्यस्तै अमेरिकाको प्लेइङ-११ मा शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सैतेजा मुक्कामल्ला, सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल र नोस्तुश केन्जिगे रहेका छन्।