काठमाडौ । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन् ।
शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन् ।
उनले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताएका छन् ।
विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाई छ ।
उनकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो ।
आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताए ।
आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताएका छन् ।
मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् ।
आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनको दाबी छ ।
आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउनुहुँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताए । ।