काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको बताइएको छ ।
आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिएको थियो ।
आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागु गरेको आयोगले जनाएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आयोगले ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम तोकेको छ । मनोनयनअघि दलहरू उम्मेदवार छनोटमा व्यस्त छन् । आयोगले आचारसंहिता भने यसअघि नै जारी गरिसकेको छ ।