काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
सभापति चयन भएसँगै गगन थापा नेतृत्वको टोली आधिकारिकता दाबी गर्दै बिहिबार निर्वाचन आयोग पुगेको थियो ।
यस्तै शुक्रबार शेरबहादुर देउवा पक्ष आफूहरू आधिकारिक दाबी गर्दै आयोग पुगेको थियो । आयोगले दुवै पक्षको कागजात अध्ययन गरेर गगन थापा नेतृत्वको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
गगन पक्षले आधिकारिकता पाएपछि शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्र्दै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अस्वीकार गर्ने चेतावनी दिएकका छन् । खड्काले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ ।
देउवा समूहले यो आयोगको यो निर्णय मा्रन्य नहुने दाबी गरेका छन् । निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भनेका छन् । निर्वाचन आयोग परिसरमा भेला भएका देउवा पक्षका कार्यकर्ताहरूले अहिले आयोग र सरकारविरुद्ध नाराबाजी थिए ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए ।
आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । योसँगै अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै हुने भएको छ । कांग्रेसको विशेष महाधिवेशन गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको थियो ।
नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको थियो । शुक्रबार नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका थिए ।
ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका थिए । अन्ततत आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।००००