काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर पाँच रुपैयाँ घटेको निगमले जनाएको छ ।
अब पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५९ रुपैयाँ तोकिएको छ।
त्यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३७ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ । एलपी ग्याँसको भाउ बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ ।