ओ भाई ओऽऽऽ।। देखौ त, भयो नि हैन ? देख्यौ नी हैन रुरु प्रधानमन्त्री को भयो देशमा ? २० लाख मुनिको ऋण मिनाहा भनेको हैन ? गरे नी होईन ? देख्यौनी हैन रुरुरु राजा आउछन भनेको हैन ? देख्यौ नी हैन ? शिक्षा र स्वास्थ्य फ्रि (निशुल्क) भनेको हैन ? देख्यौ नी हैन ? लु मिलाएर लेख अब‘ कुरा गर्छ‘। अब लेख, जनताको प्रधानमन्त्री पायो देशले । गरिब दुखी, सहकारीपिडीत, लघुवित्त पिडित, सर्वहारा वर्ग, भूईमान्छेको आवाज बोक्ने मान्छे देशको प्रधानमन्त्री भयो देख्यौ नी‘ ? लु अब लेख तिम्रो अनलाईनमा।। कुरा गर्छ । देशले कांचुली फेर्छ भनेको हैन कि कसो, देख्यौ नी हैन ? गत वर्ष पर्यटक कति आए देशमा देख्यौ नी हैन ? लु लेख अब । दश वर्ष अगाडी वर्षमा मुस्किलले १२/१५ लाख आउने टुरिस्ट यो असोजमा मात्रै १८ लाख पचास हजार माथी आएछन् हैन ? केहि वर्ष अगाडी १४०० हाराहारी रहेको हाम्रो आम्दानी,(प्रति व्यक्ती आम्दानी) अहिले ६१००० डलर छ हैन । स्टेण्डर लाईफ के हो बुझ्यौ नी होईन । लु लेख अब ? तिम्रो अनलाईलमा ।
तिन ईन्च सार्दिन्छु के‘हा हा हा ऽऽऽऽ । अब नी लेख्न गाह्रो हुन्छ तिमीलाई । ७५/७६ सालतिर मैले कतारबाट रोईरहेका दिदीबहिनीको उद्दार गर्दा नलेख्ने तिमी हैन ? लु लेख अब रुरु देख्यौ नी ११ देशमा उद्योगधन्दा कलकारखाना कसरी चल्दो रहेछ देख्यौ नी हैन ? विराटनगर जुटमिल कसरी चल्दो रहेछ र ? कति उत्पादन हुदो रहेछ, जुट वर्षमा । देख्यौ नी हैन ११ लु लेख अब ? कुरा गर्छौ । विसं १९९३ मा स्थापना भएको जुटमिल झण्डै ८० वर्ष चलेको, यत्रो सम्पत्ती बेचेका थिए हैन रु ७० टन उत्पादन हुन्छ दिनमा, ५२ सयले रोजगारी पाएका छन अहिले । पुर्वका जिल्लाहरुमा पुरै जुटको खेती हुन्छ, घरै पिच्छे मान्छे रोजगार छन, गएर हेर, अनि लेख तिम्रो अनलाईनमा रु कि के हो भाई ११ ठिक छ नि हैन ?
हा हा हा ऽऽऽऽ आफ्नो पुरानो पारामा हास्दै दुर्गा भन्छन, गफ गरेको है । नरिसाउ के । “तिमीहरु, मैले तेतिवेला, तेत्रो जेन जी भाईहरुको निशुल्क उपचार गर्दा, एकदिन लेख्यौ ? लेखेनौ नी हैन ? अहिले देशभर स्वास्थ्य फ्रि छ । था (थाहा) भो नी हैन ? देख्यौ नी हैन ? लु लेख अब ? गरे हुदो रछ नी हैन ? भयो नि हैन ? लु लेख अब १११ कुरा गर्छ, हा हा हा ऽऽऽऽ । कसरी गरें थाहा भो हैन ? देश भरका मठ मन्दिरका भेटी राज्यले लिने, छुट्टै कोषमा राख्ने र तेसैले शिक्षा र स्वास्थ्यमा खर्च गर्ने । मेरो आईडिया कस्तो लाग्यो र ? देख्यौ नी ? तेतिवेला दैनिक २ लाख, ३ लाख पैसा उठ्ने भगवान पशुपतीनाथ मन्दिरमा अहिले दिन्कै (दैनिक) १० देखि १५ लाख उठ्छ था (थाहा) पायौ नी हैन ? जनताले बुझे नी ११ आफ्नै उपचारमा खर्च हुने त रहेछ नी भन्दै, उतिवेला ५ रुपैया चढाउनेले अहिले ५० चढाउछ, १० चढाउने १०० चढाउछ किनकी उ ढुक्क छ यहां चढाएको पैसा हाम्रै उपचारमा खर्च हुने हो भन्ने । हेर त ११ देश भरका मठ मन्दिरमा दैनिक कति भेटी उठ्छ, पाथीभरा हेर, कालिन्चोक हेर, स्वर्गद्वारी हेर, लुम्विनी हेर कहां हेर्छौं । मैले भनेको हैन, म त काली माँ को भक्त हो के ? हा हा हा ऽऽऽऽ ।
आईडिया चाहियो के भाई आईडिया । के थिएन र हामीसंग । दिनरात देश लुटेका छन, युवा जती विदेश पठाएका छन । खाडीको रेमिटेन्सले देश चलाएका हैन, त्यतिबेला । घरी यो वुढा घरी त्यो वुढा, घुमेको घुमै, पालैपालो । देख्यौ नी तिनीहरुलाई ? ओली र देउवा जेलमै मरे । दाहाल, नेपाल‘ जेलमा मुढा बुन्दै छन हैन, हा हा हा ऽऽऽऽ। सोझा जनतामाथी पाप गरेको भोग्दै छन देख्यौ नी हैन ? लो लेख अब । ढुक्कसंग लेख अब । कि के हो भाई !!! कि डर लाग्छ हो ।।।।। अझै सांचो लेख्नलाई ?
लो हेर भाई !! हाम्रो शिक्षा विश्वमा एक नम्वरमा छ अहिले । कक्षा पांच सम्म अनिवार्य संस्कृत, दश कक्षा सम्म अनिवार्य नैतिक र ९, १०, ११, १२ मा अनिवार्य भूगोल राखेपछी हाम्रो शिक्षा, विश्वमा एक नम्वर रोजाईको छ । संस्कृत शिक्षाले वाणीमा मिठास ल्याएको छ, नैतिक शिक्षाले व्यावहारमा सरलता थपेको छ, भूगोल शिक्षाले देश तथा बिदेशको हावापानी, वनस्पती, उत्पादन, जनसंख्या।। आदी यावत कुराहरुको यथेष्ट जानकारी प्रदान गरेको छ । तराईमा कृषी, पहाड र हिमालमा पर्यटन र पशुपालन ऐच्छिक विषय राखिएको छ । देशको भौगोलीक वनावट अनुसारको शिक्षा, भूगोल अनुसारको शिक्षा के ऽऽऽऽ कुरा बुझ्यौ नी हैन ? त्यसै हुन्छ । त्रिविका सम्विन्धित विभागका प्राध्यापकहरु मात्रै प्रधानमन्त्रीको सल्लाहाकार हुन्छन । कर्मचारी, शिक्षक र विद्यार्थीहरु देशको मात्रै हुने, राजनीति गर्नै नपाईने, कुरो खत्तम, सक्यो (सक्कियो) नि । ठिक छ नि हैन ? प्रधानमन्त्रीको तलब र सेवा सुविधा त्रिविको प्राध्यापकको भन्दा बढी हुन नपाउने । कानुनमै व्यावस्था गर्देको छ त अनि।।।।। । देश त मास्टरले चलाएका छन हो भाई।। मास्टरले, हामीले होईन । अनि पो यत्तिको भएको छ । हा हा हा ऽऽऽऽ होईन । हो लु (लो) लेख कुरो बुझ्यौ नी होईन ।
पैसा कति चाहिन्छ लैजाने, देश भरका मठमन्दिर सफा चट्ट र आकर्षक हुनुपर्छ नत्र, मलाई सराप लाग्छ काली माँ को भन्देको छु, सबैलाई । मठमन्दिर फोहोर मैला भए, मठाधिषको जागिर चट हुन्छ भन्ने नियम वसालेपछी, ईन्डियाबाट, (हवाईमार्ग हुदै) मात्रै वार्षिक २४ लाख बढी पर्यटक आएछन गतवर्ष, जमिनमार्गबाट (स्थलमार्गबाट) त कत्ति हो कत्ति हिसाबै छैन । यसवर्ष पर्यटक १२० मिलियन पुर्याउने लक्ष्य छ । गत वर्ष ९८ लाख पर्यटक भित्रिएका थिए हैन । तराईमा रेल, पहाडमा रोड र हिमालमा केवलकार, कुरा गर्छ । यो हो नि विकास । कुरा बुझ्यौ नी हैन ? लु लेख अब ?
देशका दुई ठुला जलासययुक्त आयोजना वुढी गण्डकी र कर्णाली चिसापानीले उत्पादन दिने करिव २२८०० मेगावाटले देशको सम्पुर्ण आवश्यकता धान्ने हुनाले बांकि आयोजनाका विद्युतहरु उत्पादन गृहबाट सिधै पैठारी गर्ने गरेका छौ । हाम्रो उत्पादनको ३० प्रतिसत भारतले, ३५ प्रतिशत चिनले र बाकी वंगलादेश लगायतले लाने गरेका छन । आफुले उत्पादन गरेको भन्दा हाम्रो बिजुली किन्न सस्तो पर्ने हुनाले चिनले बिगत केहि वर्षदेखी नेपालको बिजुली किन्ने गरेको छ । थाहा छ होला नी तिमीलाई, कि कसो लु लेख अब । बिजुली बेचे पनि पैसा, जडीवुटी वेचेपनि पैसा, अन्नबेचेपनि पैसा, मासु बेचेपनि पैसा‘ हा हा हा ऽऽऽऽऽ कि कसो । अहिले त म मात्रै होईन देश नै पुरै हासेको छ हो, हा हा हा ऽऽऽऽऽ कि कसो भाई ठिक छ नि हैन ।
हेर, अहिले विश्वमा नेपाल पहिलो राजतन्त्रात्मक मुलुक हो, जसलाई अमेरिका प्रवेश फ्रि छ, तै पनि मान्छे जानै मन गर्दैन । हुन त अमेरिका पनि पहिलाको जस्तो अमेरिका कहां छ र ? जे होस न कोही पनि नेपाली जान मन गर्दैन । यसो घुम्न डुल्न अलिअलि जान्छन । लु हो भाई धेरै नलेखौ होला ।अलिअलि पछिलाई पनि राख्नुपर्छ के, हा हा हा ऽऽऽऽऽ कि कसो भाई ठिक छ नि हैन ।
म त मस्त निद्रामा रहेछु । सधै सबेरै उठ्ने म, आज ढिलासम्म सुतेको देखेर, छोराहरु मज्जाले हास्दै रहेछन । सपना दुर्गा प्रसाई हास्दै थिए, यता छोराहरु । ओहो आज पुस ६ गते । प्रसाई पक्ष र सरकारको वार्ता चलेको पनि आज चौथो दिन भै सकेछ । देशको चिन्ता मनमा भएर होला सपना निक्कै राम्रो देखिएछ । जे होस, जो आए पनि अबको दश पन्ध्र वर्षमा देशले विकास चुम्नै पर्छ, देश समृद्द बन्नै पर्छ भन्दै, भगवान पशुपतीनाथलाई सम्झदै फुत्त नुहाउन हिडे, पुसको जाडोमा।।। । जय पशुपतीनाथ ।
- अर्याल त्रिवि भूगोल केन्द्रिय बिभागमा पिएचडी अध्ययनरत हुनुहुन्छ ।