काठमाडौं। सोमबारको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा निर्धारण गरेको छ ।
युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९ कायम भएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रूपैयाँ र बिक्रीदर १५९ रूपैयाँ ६८ पैसा कायम भएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा तथा चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा र बिक्रीदर १९ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा निर्धारण भएको छ।
यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८० पैसा र बिक्रीदर १३ रूपैयाँ ८६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २९ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९५ पैसा र बिक्रीदर १८ रूपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा निर्धारण गरेको छ ।
राष्ट्र बैंकले बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ २० पैसा र बिक्रीदर ३६३ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरेको छ ।