काठमाडौं । नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा रम्भा गाउँपालिका( १ हुँगीका अन्दाजी ४१ वर्षीया तारा विक, अन्दाजी १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवि गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फूलमायाँ माझी रहेका छन् ।
घाइते हुनेमा रम्भा गाउँपालिकाका ४ वर्षीय अङ्कित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम विक, २१ वर्षीया रीता विक, २५ वर्षीय कासीराम विक, एक वर्षीया आइसा विक, १६ वर्षीय अविनाश विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, स्याङ्जा गल्याङ(९ की २५ वर्षीया दिलमाया राना, ३ वर्षीय रविन राना रहेका छन् ।
त्यस्तै, ३२ वर्षीया सुमित्रा विक, रम्भा-१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, ३२ वर्षीय सनु सुनार, ३८ वर्षीय प्रेम बहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय विक, ३६ वर्षीया मायाँ विक, स्याङ्जा गल्याङ(८ का ३५ वर्षीय मनोज कुमार विक, ३० वर्षीया उमा कुमारी विक, गल्याङ(९ का ३० वर्षीया सरीता माझी, ३१ वर्षीय रामु राना, पाल्पा रम्भा-१ का १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीय शिव कुमारी विक रहेका छन् ।
बस चालक रामपुर-३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ, सहचालक रामपुर-५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।