काठमाडौं । नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरिएको हो।
घोषित टोलीमा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यस्तै टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करन केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारी समावेश छन्।
क्यानले पाँच खेलाडीलाई रिजर्भमा पनि राखेको छ। रिजर्भ सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।
विश्वकप लिग-२ नेपालका लागि सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्राको महत्वपूर्ण प्रतियोगिता मानिन्छ। यस शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ।