काठमाडौँ । नेपाल र युएईबीच जारी टी-२० शृंखलाको दोस्रो खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा साँझ ५ बजे सुरु हुनेछ।
शृंखलाको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो। त्यसैले शृंखला जोगाउन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। उता पहिलो खेल जितेको युएई भने शृंखला ‘क्लिन स्वीप’ गर्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ।
यस शृंखलामा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरी ले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।
त्यस्तै वैकल्पिक खेलाडीका रूपमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान समावेश छन्। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै शृंखला बराबरी गर्ने लक्ष्य राखेको छ।