काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । आज दिउँसो काठमाण्डौ उपत्यकामा पनि वर्षा भएको छ । काठमाण्डौमा २.२, ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।
यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरामा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।
नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।
बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो जिल्लामा आज वर्षा भएको र ती जिल्लाका एक सय जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ ।
प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताए । अहिले पछिल्लो एक घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा धेरै वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र बिस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने छ ।
आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
भोलि तराई भू–भागका धेरै ठाउँमा हुस्सुरकुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताए।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।