काठमाडौं । नेपाल गुडवीभ फाउण्डेशनको १५ औं अधिवेधनबाट उवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार सम्पन्न संस्थाको ३० औं साधारण सभा तथा १५ औं अधिवेशनबाट उपाध्यक्षमा बलराम गुरुङ, महासचिव किरण थापा, कोषाध्यक्ष कल्पना तिमिल्सिनालाई चयन गरेको छ । यस्तै गरी कार्यसमितिका सदस्यहरुमा सिर्जना जिसी, आत्माराम चापागाईं, चित्रबहादुर बस्नेत, अञ्जु श्रेष्ठ तथा अमिर भट्टराई चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष भण्डारीले नेपाल गुडवीभ फाउण्डेशनको कार्यक्षेत्र, कार्यक्रम र कार्यदिशामा समय सापेक्ष विस्तार, सुदृढिकरण र परिमार्जनको थालनी विगत बर्षहरुजस्तै निरन्तर रुपमा अगाडि बढाउने बताए । भण्डारीले संस्थाले सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाहरुसँग सहकार्य अभिबृद्धि गर्दै लैजाने समेत बताए ।
साधारण सभामा संस्थाका महासचिव किरण थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै संस्थाले बालश्रमिक पुनर्स्थापना, शिक्षा एवं तालिम कार्यक्रम अन्तर्गत हाल गलैंचा उद्योगका २१ जना बालबालिकालाई शैक्षिक सहयोग सहित पारिवारिक पुनर्मिलन गरिएको बताए । थापाले आगामी आर्थिक बर्ष १५ जनालाई यस कार्यक्रममा समावेश गर्ने बताए । उनले हालसम्म पनि गलैंचा कारखानामा काम गर्ने बालश्रमिकको यकिन तथ्याङ्क नभएकाले यस बारेमा आधिकारिक अध्ययन हुनुपर्ने बताए ।
हाल ल्याबरोटरी सेकेण्डरी स्कूलमा २४ जना बालबालिकालाई विद्यालयमा आधारिक औपचारिक शिक्षा प्रदान गरिएको थापाले बताए । उनले आगामी शैक्षिक सत्रमा थप ५ जना बालबालिकालाई औपचारिक शिक्षा कार्यक्रममा जोड्ने जानकारी गराए ।
यस्तै, कोषाध्यक्ष कल्पना तिमिल्सिनाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आन्तरिक रुपमा २ करोड १० लाख ६३ हजार ६७१ रुपैयाँ आम्दानी गरेको बताइन् । तिमिल्सिनाले गुडवीभ आवधिक गृह सञ्चालन, बालविकास कार्यक्रम, समुदायमा आधारित कार्यक्रम, निरोधात्मक कार्यक्रम लगायतका कार्यक्रममा २ करोड ०५ लाख ७९ हजार ५१५ रुपैयाँ खर्च भएको बताइन् ।
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)