भक्तपुर । सूर्यविनायक नगरपालिका–१, विरुवामा स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५४ जना ज्येष्ठ सदस्यहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
संस्थाले उहाँहरुको योगदानको कदर गर्दै ज्येष्ठ सदस्य सामाजिक सुरक्षा तथा सम्मान कार्यक्रम अन्तर्गत सो भत्ता वितरण गरेको हो ।
संस्थाका पूर्व अध्यक्ष बद्री चौलागाईंको संस्था जेष्ठ सदस्यहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै सहकारीको सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको धारणा व्यक्त गरे ।
संस्थाका अध्यक्ष प्रमोद घिमिरेले संस्थाले ७० वर्ष उमेर पूरा गरिसकेका तथा सदस्य बनेको अवधि अनुसार ज्येष्ठ सदस्यहरूलाई भत्ता वितरण बताउँदै संस्थामा ५, १० र १५ वर्ष पूरा गरेका ज्येष्ठ सदस्यहरूलाई नीति अनुसार वार्षिक रुपमा भत्ता प्रदान गरिने बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेले सहकारीको विकासमा ज्येष्ठ सदस्यहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मानसहित सामाजिक सुरक्षा प्रदान गर्नु संस्थाको दायित्व भएको बताए ।
सोही कार्यक्रममा संस्थाका सचिव दीपक न्यौपानेले धेरै ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक असुरक्षाको जोखिममा परिरहेका बेला, ज्येष्ठ सदस्यको योगदानलाई सम्मानसहित सामाजिक सुरक्षामा जोड्ने चमेली साकोसको यो पहल सहकारी क्षेत्रमा दुर्लभ र अनुकरणीय अभ्यासका रूपमा हेरिएको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिकको तर्फबाट सूर्यविनायक नगरपालिका–४ का संयोजक रामगोपाल न्यौपानेले चमेली साकोसको यो अभ्यास अन्य सहकारी तथा संघ–संस्थाका लागि प्रेरणादायी रहेको बताए ।
त्यसैगरी कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू उद्धव प्रसाद चौलागाईं, पुष्कर बुढाथोकी साथै सल्लाहकार शिवराम न्यौपाने र बिष्णुकाजी थापाले सहकारीको मूल्य र मान्यता अनुसार सामाजिक उत्तरदायित्वभित्र यस्ता कार्यक्रमको सार्थकता रहेको धारणा व्यक्त गरे ।


.jpeg)
.jpeg)