काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छिन् ।
परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उ्दघाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको बताइन् ।
वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्रै नभएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले प्रशंसा गरिन् । उनले त्यहाँको महिलाहरूको सक्रियता सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको बताइन् ।
महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै भण्डारीले आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
यता,नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनै पनि काम गर्न नहुनबताएका छन् ।
शनिवार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पु्याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने जिकिर गरे ।