पछिल्लो केहि सातादेखि निरन्तर पुर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रर्दशन भइरहेका छन् । सडकदेखि सदनसम्म राजसंस्थाको पक्षमा बोल्दै आइरहेको राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशका विभिन्न स्थानमा र्याली तथा प्रर्दशन गरिरहेको छ । आइतबार राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल र केहि नागरिक समाजले काठमाडौं वृहत र्यालि र प्रर्दशन गरे । पोखरा घुम्न गएका पुर्वराजाको परिवारको स्वागतमा अन्तराष्ट्रिय विमानस्थलदेखि ज्ञारेन्द्र निवाससम्म राप्रपा, राप्रपा नेपाल, विभिन्न संघसंस्था, अभियन्ता तथा राजसंस्थासँग सरोकार राख्ने व्यक्तिहरुले र्याली गरे ।
एक्कासी पुर्वराजा समर्थितहरुले आफ्ना गतिविधीलाई सक्रिय बनाएसँगै राजनीतिक दलहरुमा भने, चिसो पसेको छ । उनिहरु पुर्वराजाको समर्थनमा भएका गतिविधिबाट ससंकित बनेका छन् । पछिल्लो समय देश दौडाहमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहको सर्मथनमा तराईदेखि पहाडसम्म प्रर्दशन तथा र्याली भइरहेका छन् ।
मुख्यगरि पुर्वराजा शाहको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको संघीय राजधानी काठमाडौंदेखि सातै प्रदेशका राजधानीमा प्रर्दशन तथा र्यालीलाई निरन्तरता दिइरहेको हो । उसो त, फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पुर्वराजा ज्ञारेन्द्र शाहले जनताका नाममा एक सन्देश प्रवाह गरे जसले गर्दा राजाबादी संघ संस्था, नागरिक समाज, तथा उनि सर्मथित पार्टीलाई थप गतिविधि सञ्चालन गर्न हौसला पुग्यो । प्रजातन्त्र दिवसका दिन उनले सबैलाई एक भएर आफुलाई सहयोग गर्न आह्वान गरेका थिए ।
पुर्वराजाको आह्वानको भोली पल्ट वर्तमान सरकारको विरुद्धमा देशैभरि राप्रपाले आन्दोलनको घोषणा गर्यो । महंगी, भ्रष्टाचार, वर्तमान सरकारका वेतिथी जे भनेपनि राप्रपाले सुरुगरेको सडक संर्घषमा सरकारको विरोध भन्दा पनि वर्तमान व्यवस्था अर्थात गणतन्त्रको बर्खिलाप थियो । उनिहरुले जारी व्यवस्थाको चर्काे विरोध गरिहेका थिए भने, राजसंस्था पुनःस्थापितकालागि आम जनमासलाई आह्वान गरिरहेका थिए । सडकदेखि सदनसम्म राजसंस्थाको वकालत गर्ने राप्रपा नेपालको आह्वानमा नारायणहिट संग्रालय प्रवेशकालागि मोटरसाइलक र्याली सहित पुगेका थिए ।
राजसंस्था समर्थित र पुर्वराजा शाहको गतिविधि बढ्दै जादा सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलहरुले पुर्वराजालाई संविधान अन्तरगत चुनावी मैदानमा आउन आह्वान गरिरहेका छन् । पछिल्लो समय राजसंस्थाका पक्षमा गतिविधि बढ्दै जादा केहि ससंकित देखिएका दलहरुले कसैले चाहदैमा व्यवस्था नबल्लीने तर्क गर्दै आइरहेका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराजाले आफ्नो लोकप्रियता कायमै छ,भन्ने लागेमा चुनावमा आउन चुनाती दिए । उनले कसैको बहकाउमा व्यवस्था परिवर्तन भइहाल्छ भन्ने सोच नराख्न उनको आग्रह छ ।
प्रधानमन्त्री ओलीले यसो भनिरहदा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था जहाँको त्यहि रहेको भन्दै दलहरुप्रति जनताको बढ्दो वितृष्णा छ । जसले गर्दा गत संघीय निर्वाचनमा नयाँ दलहरुले सिंहदरबार प्रवेश पाए । राजसंस्था अत्यकालागि महत्वपुर्ण भूमिका निभाएको तत्कालीन माओवादी पार्टीले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’स्थगित गरि नेताहरुलाई काठमाडौं बोलाइसकेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कुनै मुल्यमा इतिहास फर्किन नसक्ने दावी गर्दै आइरहेका छन् । अध्यक्ष दाहालले पनि लोकतन्त्रले सबैलाई अधिकार दिएको भन्दै पुर्वराजालाई राजनीतिक दल स्थापनागरि चुनावी मैदानमा आउन पुर्वराजालाई चुनौती दिए ।
संघीय संसदको ठुलो दल नेपाली काँग्रेसले पुर्वराजाको गतिविधीका विषयमा मिश्रीत धारणा राखिरहेको छ । केहि नेताले पुर्वराजाका गतिविधीलाई स्वभाविक मानिरहेका छन्, भने, केहिले यसलाई दिवासपनाका भन्दै आइरहेको छ । लोकतन्त्रको सुन्दर व्यवस्थाभित्र सम्मानित रुपमा देशमै बस्न पाइहेका पुर्वराजा तथा राजसंस्थाका परिवारले कुनै दल वा व्यक्तिको वहकाउमा लाग्दा आफैलाई हानि हुने सो पार्टीको धारणा छ । काँग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले लोकतान्त्रीक व्यवस्थाप्रति कसैले अराजक गतिविधी गरे सैय नहुँने बताउछन् ।
नेपालमा झण्डै २ सय ४० वर्ष सम्म कायम रहेको राजसंस्था औपचारिक रुपमा अन्त्य भएको पनि डेढ दशक बढी भैसकेको छ । २०६१ माघ १९ तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार भङ्ग गर्दै शासन सत्ता आफ्नो हातमा लिएपछिको परिणाम स्वरुप मुलुकमा गणतन्त्र स्थापना भएको मानिन्छ । २०६२-०६३ सालको जनआन्दोलनले तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य गर्यो । तर, राजतन्त्र अन्त्य भएको दुई दशक पुग्नै लाख्दा तत्कालीन समयमा कू गरेका ज्ञानेन्द्र शाहप्रतिको आम धारणा र बुझाइमा पछिल्ला दिनमा मिश्रीत अभिव्यक्ति आउन थालेका छन् । वामनेता बामदेव गौतम पछिल्लो राजसंस्थाको समर्थनमा बढ्दो गतिविधीले राजनीतिमा नयाँ मोड दिने प्रस्ट्याउछन् ।
राजसंस्थाको ओकालत गर्ने राप्रपाले सत्तारुढ र प्रतिपक्षीदलका नेताहरुको भनाईलाई हल्कारुपमा लिइरहेको देखिन्छ । पूर्वराजाको गतिविधीलाई लक्षित गर्दै दलहरुले दिएको अभिव्यक्तीलाई सो पार्टीले सस्तोलोकप्रियताको संघ्या दिएको हो । दलहरुका गतिविधिले आजित भइरहेका जनताले राजसंस्थाको पुनःस्थापना गर्नेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ढक्क छन् । शनिवार संस्थासंस्थाको समर्थनमा वीरगञ्जमा आयोजित सभामा दलहरुलाई चुनाव राप्रपासँग लडेर देखाउन चुनौती दिइरहेका थिए । राप्रपा संघीय संसदको पाँचौ शक्ति हो । उनले भनेका थिए, राजा कुनै दल वा पार्टीको होइन चुनाव लड्नलाई ।
सिंगो व्यवस्थाकै विरुद्धमा केहि राजनीतिक दलहरुले स्वार्थपूर्तिकालागि पछिल्ला समय विभिन्न गतिविधी बढाइरहेका छन् । यस्ता क्रियाकलाप बढ्दा सर्वत चासो र चिन्ता व्यक्त भइरहेका हुन । मुख्यगरि राजनीतिक दलहरुको सत्ता केन्द्रीत राजनीतिका कारण जनताले विकल्प खोज्ने त होइनन् भन्ने आंकलन पनि भइरहेका छन् ।
तर, हजारौं नागरिकले बलिदानी दिएर ल्याएको व्यवस्था यसै परिवर्तन हुने अबस्थामा भने छैन् । र यो कुनै राजनीतिक दल विशेषले सडक संर्घष गर्दैमा आउने कुरापनि होइन । तर, सिंगै व्यवस्था परिवर्तन गरि हासिल गरेको लोकतान्त्रीक गणतन्त्र के अब इतिहास मात्रै बन्ला ? अहिले सबै भन्दा महत्वपुर्ण प्रश्न यहि बनिरहेको छ ।