चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार ढल्छ भन्नु भ्रम मात्र भएको दाबी गरेका छन् ।
उनले भने सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो । साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारमा आउने दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले भने रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । यो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ । रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको भन्दै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताए ।
सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनको भनाइ छ् । प्रधानमन्त्री प्रचण्डले भने, रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागप्रति सरकार सकारात्मक रहेको पनि बताएका छन् । उनले आफूसँग सल्लाह गरेर नै पुन माइतीघरमण्डलामा धर्नामा बसेको पनि बताए । धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भभे, भेटमा मैले बजेटमा तपाईँको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ , । हाँसीहाँसी । यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु । पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।