काठमाडौं । नेकपा एमालेका नेता भीम रावललाई अछाम १ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न बञ्चित गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षका लागि चुनाव लडेका उनका ठाउँमा माओवादी केन्द्रबाट एमाले आएका झपट बोहराले टिकट पाएका छन्।
यससँगै रावलले यसपटक एमालेबाट चुनाव लड्न नपाउने भएका छन् । अछाम १ प्रदेश सभामा भने कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरलाई टिकट दिइएको छ।
यसैगरी अछाम २ को प्रतिनिधिसभामा यज्ञ बोगटीले टिकट पाएका छन् भने प्रदेश सभामा भीम विष्ट र शिव उपाध्याय चुनाव लड्नेछन् ।
बाजुराको प्रतिनिधि सभामा कर्णबहादुर थापा, प्रदेश सभामा लालबहादुर थापा र बलदेव रेग्मी, बझाङको प्रतिनिधिसभामा ऐन महर, प्रदेशसभामा अफिलाल ओखेडा र एलबी रावल एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।
दार्चुलाबाट प्रतिनिधिसभामा गणेश ठगुन्ना दोहोरिने भएका छन्। प्रदेशसभा हर्देब जोशी र रामदत्त जोशी उम्मेदवार बन्नेछन् । बैतडीमा प्रतिनिधिसभाका लागि दामोदर भण्डारी उम्मेदवार बनेका छन् भने प्रदेशसभामा सुरेन्द्र पाल र लीलाधर भट्ट चयन भएका छन् ।
डडेलधुराको प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने नीति एमालेले लिएको छ। प्रदेशसभा पठानसिंह बोहोरा र गजेन्द्र शाही चुनाव लड्नेछन्।
डोटीको प्रतिनिधिसभामा गौरी ओली र प्रदेश सभामा चक्र मल्ल र टेकबहादुर बम उम्मेदवार छन् । यसैगरी कञ्चनपुर( १ को प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा पल्लबराज भट्ट र वीरबहादुर थापा, कञ्चनपुर( २ को प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपाराम राना र बचन सिंह, कञ्चनपुर( ३ को प्रतिनिधिसभामा नीरुदेवी पाल र प्रदेशसभामा सुरेन्द्र विष्ट अर्को क्षेत्रमा तालमेल गर्ने भनिएको छ।
कैलाली( १ मा प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने र तालमेल गर्ने, कैलाली( २ को प्रतिनिधिसभा झपट रावल दोहोरिनेछन् भने प्रदेशसभामा कमला वली र डेजी पाण्डे, कैलाली( ३ को प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी र तालमेल गर्ने, कैलाली( ४ मा प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीमबहादुर देउवा र हरिसिंह साउद, कैलाली( ५ को प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा जोशी रहेका छन्।