काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन शुक्रबार आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति १ बजे सुरु हुनेछ ।
क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ ।
यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ । यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् ।
अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । यसअघि तीन खेलाडीमात्र परिवर्तन गर्न पाइन्थ्यो ।
यस्तै एकै खेलमा धेरै बल प्रयोग गर्ने नियम पनि लागू हुने भएको छ । खेल चलिरहँदा बल बाहिर जाँदा खेलमा ढिलो हुने भएकाले १० वटा बल प्रयोग हुनेछ ।
यस्तै उचित कारण देखाएर खेलाडी अभाव भएको अवस्थामा खेलको मिति नै परिवर्तन गर्न सकिने नियम पनि थपिएको छ । यो सिजनमा नयाँ टिम नटिङ्घम फरेस्ट प्रिमियर लिगमा फर्किएको छ ।
सन् १९९८र९९ मा रेलिगेशनमा परेको नटिङघम २३ वर्षपछि ईपीएलमा फर्किएको हो । त्यस्तै २०२०र२१ को सिजनमा रेलिगेशनमा परेको फुलहम र २०१९र२० को सिजनमा रेलिगेशनमा परेको बर्नमाउथ पनि फर्किएको छ ।
गएको सिजनमा बर्नले, वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका थिए । यस्तै कतार विश्व कपका कारण ईपीएलमा पहिलो पटक यसपालिको जाडोयाममा ६ हप्ता खेल हुने छैन ।
विश्व कप पहिलो पटक नोभेम्बर डिसेम्बरमा हुन लाग्दा ईपीएल प्रभावित हुने भएको हो । गएको सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।
एस्टन भिलालाई तीन–दुईले हराउँदै सिटीले छैटौँ पटक उपाधि जितेको थियो ।