काठमाडौं । पूर्वप्रधानमन्त्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा सत्ता बाहिर रहेको कुण्ठा पोखे । हिउँदे अधिवेशनको दोस्रो बैठकमा बिहिबार आफ्नो वक्तव्यमा उनले सरकारको आलोचना गर्नु सम्म गरे । उनले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामात्रै गरेरन् संसदको ठुलो दल काँग्रेस नेतृत्वमाथि पनि प्रश्नैप्रश्न परे ।
उनले तत्कालिन अवस्थामा काँग्रेस—एमालेको गठबन्धन अप्राकृतिक रहेको भन्दै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने आशयः व्यक्त गरे । संसदमा करिब एक घण्टा ६ मिनेट सरकारको टिकाटिप्पनीमा खर्चिएका उनले आफ्नै बलबुतामा सरकार बनाउने दावी समेत गरेका छन् । गत असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार अत्पमतमा पर्यो । अल्पमतमा परेपनि उनले २०८१ असार २८ गते शुक्रबार एकै कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिए । तर, चौथो पटक विश्वासको मत पाएनन् ।
करिब १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका उनले सोहि दिन संसदमा कुण्ठा पोखे । त्यसमा सबै भन्दा धेरै पुर्वसत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनै थियो । सोहि प्रकृतिको कुण्ठा बिहिबार हिउँदे अधिवेशनको दोस्रो बैठकमा पोखे । उनले वर्तमान सरकारको दिनगन्तीमात्रै गरेनन् । आफ्नै बलबुतामा सरकारको नेतृत्व गर्ने सम्म भन्न चुकेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबारको संसद बैठकमा प्रतिपक्षीले सरकारलाई ढल्छ..ढल्छ, ढल्यो ढल्यो भन्दै गीत गाइरहेको भनि टिप्पनी गरेका थिए ।
प्रचण्डले बिहिबारको हिउँदेअधिवेशनको दोस्रो बैठकमा यसको जवाफ दिएका हुन । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्र प्रतिपक्षमा भएको धेरै भएको छैन् । तर, दलका नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई सत्तामोहले छोडेको छैन् । उसो त, उनको यो स्वभाव नयाँ भने होइन । आफु सत्तामा हुदा सबै वैद्य सत्ताबाहिर हुँदा सबै अवैद्य भन्ने प्रचण्डले वर्तमान सरकारका गतिविधीमाथि प्रश्न गर्दै उत्तरपनि आफै दिए । उनले वर्तमान सरकारलाई समर्थन गर्ने र मत दिने सांसदहरुलाई नमिठो तरीकाले भने,
संघीय संसदको तेस्रो दलले सरकारको नेतृत्व गरेको भन्दै ठुला दलको आलोचना भइरहेको तत्कालिन समयमा प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलको समर्थनमा सत्ताको बागडोर सम्हालेका थिए । उनको यो प्रयासले सार्थकता नपाउँदै तत्कालीन गठबन्धन टुट्यो । उनी सत्ताबाट विमुख भए । उनले बिहिबारको बैठकमा आफ्ना कुण्ठा सत्ताबाट विमुख भएको रोषमा नबुझ्न तर्क गरेका थिए । उनले भनेका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा सांसद रवि लामिछाने प्रति केहि लचक भएका उनले बिहिबारको संसदमा राज्यले उनीमाथि अन्याय गरेको दावी गरे । यसो भनिरहदा रास्वपाका सांसदहरुले उनको समर्थनमा टेवल बजाएका थिए । केहि दिनअघि मात्रै विपक्षी मोर्चाको तर्फबाट सरकारको विरुद्धमा लिखित अभिव्यक्ती दिएका प्रचण्डले बैठकमा साना दलहरुको पक्षपोषण गरे । उनले नयाँ पार्टीलाई लोकतन्त्रले जन्माएको भन्दै थ्रेसहोल्ड भोली ठुलै दललाई भारी पर्ने तर्क गरे ।
केहि समय अघि नुवाकोटको शेरादरबारलाई लिएर आफुमाथि आलोचन बढेको भन्दै प्रचण्डले प्रमाणीत गरेर देखाउन चुनौती गरे । त्यो भन्दा पनि वर्तमान प्रधानमन्त्रीमाथि लागेको आरोपको खण्डन गर्न चेतावनी दिए । संसदमा प्रचण्डले जनचासोको विषय भन्दा धेरै सरकार र सत्ता गठबन्धनमाथि आक्रोश पोखे ।
त्यसमा काँग्रेसलाई फकाए जस्तो त, साना दलहरुलाई काखी च्यापे जस्तो गरि । जे होस्, उनले संसदमा उठाएका विषयहरु केहि गम्भीर पनि छन् । तर, एउटा राजनीतिक प्रतिशोत पोख्दा त्यस्ता विषय ओझेलमा पर्ने पक्कै हो । सत्ताबाट बाहिर हुँदा र सत्तामा रहदा प्रचण्डको मुखारविन्दुबाट आउने वाणी यथावत रहनसक्ने केहि आशा गर्ने ठाउँ भने पक्कै रहन्छ ।