काठमाडौं । २४औं संस्करणको आहारारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
नकआउट फुटबल प्रतियोगितामा यसपटक ३ विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन आर्मी एफसीसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।
जसमा त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड भारत, ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् ।
आहाराराको सफल टोली मनाङ मर्स्याङ्दी क्लब भने यसपटक सहभागी छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।