भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सूर्यविनायक नगरपालिका वडा नम्बर १ र ४ वडा समितिहरु गठन गरेको छ ।
शनिवार सम्पन्न पार्टीको भेलाले वडा नम्बर १ मा सभापति नगेन्द्र न्यौपाने, उपसभापति समिपराज मिश्र तथा सचिव विवेक कायस्थलाई चयन गरेको छ । १ नम्बर वडा समितिका सदस्यहरुमा अंगिरस घिमिरे, सुदिप डोटेल, मनमोहन मिश्र, मञ्जु कार्की, सुवास खड्का, अनिल श्रेष्ठ तथा मानकृष्ण मानन्धरलाई चयन गरेको छ ।
यस्तै, ४ नम्बर वडा सभापति भोलानाथ न्यौपाने, उपसभापति सुदन खड्का, सचिव खिमाकुमारी शर्मालाई चयन गरेको छ । यस्तै वडा समितिका सदस्यहरुमा भरत कार्की, विष्णु बिष्ट, बोधप्रसाद न्यौपाने, रेक्सन प्रजापति, भवानी खड्का, कृष्णबहादुर श्रेष्ठ, दिपिन न्यौपाने र रवि राउतलाई चयन गरेको छ ।
भेलाका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले वैकल्पिक राजनीतिक शक्तिले मात्र मुलुकको परिवर्तन गर्न सक्ने भएकाले यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताए । उनले तमाम सिर्जनशील युवाहरुले गर्व गर्न लायक पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले कार्य गर्ने बताए ।
रास्वपा सूर्यविनायक नगरसमिति सभापति मनोज केसीको सभापतित्वमा सम्पन्न उक्त भेलामा नगरसमिति सचिव आस्था बस्नेत, वडा नम्बर १ प्रतिनिधि सिद्धान्त डोटेल तथा वडा नम्बर ४ प्रतिनिधि दिनेश न्यौपानेको उपस्थिति रहेको थियो ।