विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । सरकारले निकास नदिएको र समस्यामात्र बल्झाउने काम गरेको उनले बताए ।
कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् । सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।
जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ। माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिने विश्वास जसपाको छ।
कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिटको सरकार थियो। केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ।
हाल केन्द्रीय गठबन्धनमा रहेका दलहरू कांग्रेस २९ र एकीकृत समाजवादी ४ जना र त्यसमा जसपा र माओवादी थपिए बहुमत पुग्ने अवस्था छ। तर, माओवादीका १३ मध्ये १ जना सभामुख छन्।