काठमाडौं । भ्रष्टाचारको उन्मूलन र सुशासनको प्रत्याभूति, निष्पक्ष नेतृत्व र पर्यावरणीय संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै डा.पियारत्न महर्जनले सहरलाई स्मार्ट बनाउँदै लैजाने बताएका छन् ।
नेपाल परिवार दलका तर्फबाट काठमाण्डौ महानगरपालिकामा प्रमुखको उम्मेदवार रहेका महर्जनले पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा महानगरपालिकाका युवाहरुलाई व्यवसायिक तालिमबाट उद्यमी बन्न प्रोत्साहन गर्ने, नदी संंरक्षण र जल सम्पदा जोगाउने, फोहोरलाई दिगो व्यवस्थापन गर्ने लगायतका योजना प्रस्तुत गरे ।
महर्जनले आफू काठमाडौंको संस्कृतिसँग परिचित रहेको बताए । उनले सांस्कृतिक ऐतिहासिक पहिचानको संरक्षण र आधुनिक विकास पद्धति आफ्नो योजनामा रहेको बताए ।
भ्रष्टाचारको उन्मुलन र सुशासनको प्रत्याभूति, निष्पक्ष नेतृत्व र पर्यावरणीय संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै डा. महर्जनले सहरलाई स्मार्ट बनाउँदै लैजाने, युवाहरुलाई व्यवसायिक तालिमबाट उद्यमी बन्न प्रोत्साहन गर्ने, नदी संंरक्षण र जल सम्पदा जोगाउने, फोहोरलाई दिगो व्यवस्थापन गर्नेलगायतका योजना सुनाए ।
पर्यावरण सुरक्षा सम्बन्धी पत्रकारको उत्तरमा उनले विद्युतीय सवारीमा आफ्नो जोड हुने बताए । त्यसैगरी सहरको भौतिक पूर्वाधारलाई सुधार गरेर युनिभर्सल डिजाइनमा रुपान्तरण गर्ने योजना उनीसँग रहेको बताए । ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्गर्तत काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५५ जनाको उम्मेदवारी परेको छ । प्रमुख उपप्रमुखसहित ८२६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

