सन 2019 को जनवरी 1 तारिख चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्यौंले रेडियो र इनटर्नेटमार्फत विश्वमा छरिएका चाइना मिडिया ग्रुपका समर्थकहरूलाई नव वर्षको सन्देश पठाएर आफ्नो शुभकामना प्रकट गर्नुभएको छ। विश्वसमक्ष चीनबारे जानकारी दिनुका साथै चीनमा विश्वका विभन्न ठाउँका समाचार जनाएर विश्वका विभिन्न देशका जनताबीचको जानकारी तथा मित्रताको सुदृढ नै चाइना मिडिया ग्रुपको अटल कार्यनीति र कर्तव्य रहेको कुरा महानिर्देशक शन हाई स्यौंले बताउनुभएको छ। सन 2019 मा जन गणतन्त्र चीन स्थापना भएको 70 औं वार्षिकोत्सव हो। चाइना मिडिया ग्रुपले व्यापक समर्थक र साथीहरूलाई नयाँ युगमा अझ सत्य र सर्वतोमुखी चीन बारे जानकारी दिने भएको छ। अब प्रस्तुत छः शन हाई स्यौंको नव वर्षको शुभकामना सन्देश।
आदर्णीय साथीहरूः
नव वर्षको पहिलो सूर्य किरणसँगै मैले चाइना मिडिया ग्रुप र मेरा सहकर्मीहरूको तर्फबाट विदेशी साथीहरूलाई नव वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
1300 वर्षभन्दा लामो समय अघि चीनको थाङ वंशका महाकवि वाङ पोले कामका लागि अरू ठाउँमा सर्ने आफ्ना साथी तु फसँग विदा माग्दा एउटा प्रसिद्ध कविता लेख्नुभएको छः असल साथी रहेमा जहाँ गएपनि छिमेकी जस्तै नजिक भइन्छ। मेरो अहिलेको भावना पनि यही कवितामा लेखिएको उस्तै छ।
तपाईंका लागि यो एउटा नयाँ स्वर हुन सक्छ। हो त नि, गत मार्चमा विश्वमा मिडिया मिसिएर विकासको प्रवाहमा चाइना मिडिया ग्रुप गठन गरियो। पहिले तपाईंहरू चिनेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ केन्द्रीय टेलिभिजन स्टेशन र चिनियाँ जन रेडियोबाट गठन गरिएको हो। त्यति बेला अर्जेटिनाका इन्टर्नेट प्रयोगकर्ता रिकार्डो हुएर्टाले इन्टर्नेटमा लेख्र्नुभयोः चाइना मिडिया ग्रुपको गठनका लागि हाम्रो हार्दिक शुभकामना छ। यसबाट मैले चीन पहिले जस्तै घनिष्ठ तथा रमणीय रहेको अनुभव गर्नुका साथै मित्रताको महान शक्तिबारे अझ व्यापक जानकारी पाएकी छु।
पुराना तथा नयाँ साथीहरूको प्रोत्साहनका लागि धेरै धन्यवाद। तपाईंहरूको प्रोत्साहनमा हामीले आफ्नो प्रारम्भिक कार्यनीतिबारे कहिल्यै पनि बिर्सने छैनौं। नव गठित चाइना मिडिया ग्रुपले सारा विश्वसमक्ष चीनबारे जानकारी दिनुका साथै चीनमा विश्वका विभन्न ठाउँका समाचार जनाएर विश्वका विभिन्न देशका जनताबीचको जानकारी तथा मित्रताको सुदृढ गर्नु भन्ने कर्तव्य बेहोरिइरहेका छौँ। तपाईंहरूलाई चित्त बुझाउनका लागि हामीले अझ राम्ररी जिम्मेवारी वहन गर्नुपर्छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनको विकास विश्वसँग सम्बन्धित छ भने विश्वको समृद्धिका लागि चीन पनि आवश्यक छ भन्ने कुरा औंल्याउनुभएको छ। गत एक वर्षमा चीन र विश्वको आदान-प्रदानका लागि हामीले क्यामरा, माइक्रफोन र कलम लिएर प्रयास गरेका छौँ। चीनको सुधार तथा खुलापनको नीति लागू भएको 40 औँ वार्षिकोत्सव, पहिलो चीनको अन्तर्राष्ट्रिय आयत एक्स्पो, चीन-अफ्रिका सहयोग मञ्च आदि बिषय बारेको रिर्पोटबाट व्यापक ध्यानाकर्षण जनाइएको छ। व्यापारिक स्वतन्त्रताको संरक्षण, आर्थिक एकीकरणको प्रवर्द्धनमा हामीले स्पष्ट भावना देखाएर धैर्यताका साथ जवाफ दिएका छौँ। एपेक शिखर सम्मेलन, जी 20 शिखर सम्मेलन आदिमा हामीले जनाएको चीनको आवाजको व्यापक सहमति पाएका छौँ। हामीले चीन र विश्वलाई जोड्नका लागि अथक प्रयास गरेका छौँ। रूसी, इटाली, जापानी स्पेनी आदि बहुभाषाको एपले विभिन्न देशका फ्यान्सको अनुभवलाई प्रवर्द्धन गरेको छ। पो आउ एशिया मञ्चको एशिया मिडिया शिखर सम्मेलन होङ छ्याउ अन्तर्राष्ट्रिय वित्तीय मिडिया र चीनको थिंक ट्याङ्क मञ्चले विश्वका मिडियाको ध्यानाकर्षण जनाइएको छ। अफ्रिकामा चिनियाँ चलत्रित्रको यात्रा चिनियाँ थिएटर र चिनियाँ भक्ति आदि कार्यक्रमबाट झन झन बढी साथीहरूले चीनको माया गर्न थालेका छन्।
नयाँ वर्षमा हामीले जन गणतन्त्र चीनको स्थापना भएको 70 औँ वार्षिकोत्सवको स्वागत गर्ने छौं। चाइना मिडिया ग्रुपले व्यापक समर्थक र साथीहरूलाई नयाँ युगमा अझ सत्य र सर्वतोमुखी चीन बारे जानकारी दिने भएको छ।
नयाँ वर्षमा हामीले नविन खालको, छोड्न नसकिने उतम कार्यक्रमहरू बनाउने छौँ। हामीले सत्यतथ्यमार्फत चीन विश्वको शान्ति निर्माता, विश्वको विकासको योगदानकर्ता एवं अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक भन्ने देखाउँदै जाने छौँ। हामीले नविन कम्युनिकेशन उपायको प्रयोग गर्दै ५ जी, एआइ, ठूलो डेटा र क्लाउड कप्युटिङ लगायत नयाँ प्रविधिमार्फत उच्चगुणस्तरीय, फड्को मार्ने विकासलाई गतिशील पार्दै जाने छौं। अन्तर्राष्ट्रिय क्षेत्रमा अग्रसर नयाँ ढाँचे संचारमाध्यमको निर्माण गर्दै तपाईंको लागि अझ राम्रोसँग सेवा गर्दै जाने छौँ। हाम्रा पुराना साथी 'सी चिनफिङः चिनियाँ सपनालाई साकार तुल्याउँदै' किताबका लेखक रूसी प्रसिद्ध चिनियाँ शास्त्र विद्वान युरी तारोभस्कीले हामीलाई टेलिफोन गर्दा भनेका छन् चीनले प्रस्तुत गरेको मानवजातिको भाग्य समुदायको निर्माण नै विश्वको विकास बाटोमा पथ निर्देशन गर्ने बत्ती हो भन्ने मेरो विश्वास छ। वास्तवमा मानवजातिको एउटै मात्र पृथ्वी भएको र विभिन्न मुलुक एउटै संसारमा सह-अस्तित्व रहेका छन्। मानवजातिको भाग्य समुदायको निर्माण गर्न दीर्घकालीन शान्ति, व्यापक सुरक्षा, साझा समृद्धि, खुलापन तथा सहिष्णुता, सफा सुन्दर संसारको निर्माण गर्न संयुक्त प्रयास गरौँला।
फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।