काठमाडौं। कला, संस्कृति र परम्पराको त्रिवेणी मानिने सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीको रमझम सुरु भएको छ । चैत शुक्ल अष्टमीबाट छविसपाथीभेरा गाउँपालिकामा लाग्ने बान्नीकी चैतली मेला भर्न जिल्लाभित्र र बाहिरबाट ठूलो संख्यामा दर्शनार्थीहरू बान्नीचौरमा भेला भएका छन् ।
चैतलीमा श्रद्धालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर ९लिङ्गो० र बान्नीमस्टाको दर्शन गरिरहेका छन् । चैत शक्लाष्टमीबाट सुरु भएर चैत्र शुक्लपूर्णिमासम्म चल्ने यो मेलामा भकुन्डो हाल्ने ९बहरको छालाबाट बनेको भकुन्डो खोसाखोस गर्ने० दाहिना जुधाउने ९लामो समयसम्म दमाहा बजाउने प्रतिस्पर्धा०, कांकर हिँडाउने र देउडा खेल्नेजस्ता गतिविधिहरू दर्शनार्थीहरूको आकर्षणको केन्द्र बन्दै आएका छन् । यो वर्ष आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको भलिबल र क्रिकेट प्रतियोगिताले खेलप्रेमीहरूको पनि ठूलै जमघट हुने भएको छ ।
पौराणिककालमा महिषासुर दानवले मस्टा देवतासँग युद्ध गरी मस्टालाई पासोमा पारेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भई महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । मेलाको बेला कुनै पनि गाउँमा मानिसको मृत्यु भए पनि मेला नसकिन्जेलसम्म शव ननिकाल्ने चलन छ । यो मेला हेर्नका लागि छविसपाथीभेरा र दुर्गाथली गाउँपालिकाबाट जिल्ला बाहिर तथा देश बाहिर गएकाहरू पनि सकेसम्म घर फर्किनुपर्ने मान्यता रहेको छ ।
मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मस्टाका करियाहरू चोखो निम्तो भएर व्रत बस्ने गरेको बान्नी मस्टाका पुजारी देवीराज पण्डितले बताए ।
सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकरलाई चैत्र शुक्ल द्वादशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झन्डै २५ मिटरलामो कांकरलाई डोरी र घोचाको सहायताले मानिसहरूले समाएर ३ सय मिटर जति हिँडाउने गरिन्छ । त्यसपछि धामीगाउँ र मुम्लाको कांकरमध्ये कुन ठूलो भनेर साप्याउने ९नाप्ने० गरिन्छ । अन्तमा यी सबै कांकरलाई बान्नी मस्टाको मन्दिरमा चढाउने गरिन्छ । कांकर चढाएको भोलिपल्ट राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरूबीच भकुन्डो खेल्ने प्रचलन रहेको छ ।
यसरी कांकर हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि बझाङ जिल्लालगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरू बान्नी चौरमा आउने गर्दछन् । राक्षसलाई मारिसकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा ९गजा० बनाई विजयोत्सव मनाएको किवंदन्ती छ । त्यही परम्परालाई कायम राख्न दमाहा जुधाउने चलन चलेको मुम्लाका स्थानीय दानसिंह अयडीले बताए ।