काठमाडौं । जहानियाँ निरंकुश राणाशासनको अन्त्यसँगै प्राप्त उपलव्धी हो प्रजातन्त्र । बुधबार ७५ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना भए । विस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आइएको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तर, पछिल्लो समय बढ्दो राजनीतिक खिचातानी र स्वार्थपूर्ण बन्दै गइरहेको व्यवस्थाका कारण जनताले न प्रजातन्त्र न लोकतन्त्र नत गणतन्त्रनै महशुष गरिरहेका छन् ।
तत्कालीन जहानियाँ निरंकुश राणाशासनबाट मुक्त भएको बुधबार ७५ वर्ष पुगेको छ । तत्कालिन राणा शासनका विरुद्धमा भएको आन्दोलनले विस २००७ सालमा प्रजातन्त्र आयो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । तत्कालिन समयमा राजनीतिक दलहरुकै सक्रियतामा भएको आन्दोलनले ल्याएको व्यवस्था आज यहि दलहरुका कारण खल्लो भइरहेको छ ।
प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धाका सपना साकार बनाउने प्रतिवद्धता दलहरुले चुनाव ताकामात्रै गर्छन् । जसले गर्दा, उतिबेलाको परिवर्तनले देखाएको बाटो अहिलेका राजनीतिक दलहरुले भूलिसकेका छन् । सत्ताको मोहमा अल्झीदा समग्र जनताको अधिकार कुण्ठीत भएका छन् । राजनीतिक विश्लेषक विनयध्वज चन्दलाई प्रजातन्त्र दिवस प्रति राजनीतिक दलहरुले हेपाह प्रवृति मन परेको छैन् । उनि देशले प्राप्त गरेको उपलब्धी प्रजातन्त्र मात्रै भएको बताउछन् ।
विस २००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गर्यो । जनताको अधिकार जनतामा सुम्पीएका शासकहरु इतिहास बने । तर, आज जनताका प्रतिनिधिहरुनै जनतामाथि शासक बनिरहेको भन्दै विरोध भइरहेको छ । प्रजातन्त्र प्राप्त लगत्तै दलहरूमा बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरह्यो ।
विस २०१५ सालमा प्रजातन्त्रको उपलव्धीले पहिलो पटक देशले जननिर्वाचित प्रधानमन्त्री पायो । तर, आज देशमा गणतन्त्र स्थापना हुँदा पनि त्यहि जहानियाँ शासन सरह जनताले आफ्नो जिवन व्यतित गरिरहेका छन् । विस २००७ सालको जनक्रान्तिले जहानियाँ राणा शासनको अन्त्य गदर्.ै नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने ढोका खोलेपनि. प्रजातान्त्रिक व्यवस्था दस वर्ष पनि टिकाउ भएन ।
राजा महेन्द्रको बढ्दो महत्वकांक्षाका कारण २०१७ सालमा प्रजातन्त्रको ‘क’ू भयो र निरंकुश पञ्चायती व्यवस्था लागू भयो । पटक–पटक भएका संघर्षको परिणामस्वरूप २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भयो । तर, पनि आन्दोलनका सहयात्री दलहरूबीच सत्ताका लागि खिचातानी सुरु भयो । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलायो जसका कारण सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण रह्यो ।
यसले राजनीतिमा अस्थिरता मात्रै ल्याएन, नेताहरूमा देखिएको महत्वकांक्षाका कारण. एउटै पार्टीभित्र अनेकौं गुट÷उपगुट जन्मायो । बहुमतको संसद् विघटन गर्नेदेखि आफ्नै पार्टी नेतृत्वको सरकार गिराउनेसम्मका खेल हिजो पनि भए, र आज पनि उस्तै छन् । राजनीतिक विश्लेषक डा.राजेन्द्र पाठक देशले प्राप्त गरेको ठुलो उल्लव्धी बचाउन नसकेको बताउछन् ।
तत्कालिन समयमा एकातिर संसदीय राजनीतिको विकृत अनुहार देखियो भने अर्काेतिर हिंसात्मक आन्दोलनले मुलुकलाई द्वन्द्वको बाटोमा धकेलेको थियो । दरबारको महत्वकांक्षाले प्रजातन्त्रको घाँटी निमोठ्ने काम भयो । तत्कालिन माओवादीले व्यवस्था परिवर्तनकालागि करिब १० बर्ष शसस्त्र जनयुद्ध गर्यो ।
विस २०६२\६३ मा दोश्रो जनआन्दोलनबाट देशमा लोकतान्त्रीक गणतन्त्र प्राप्त भयो । तर, विडम्बनापूर्णः दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सकेका छैनन् । त्यहि उपलब्धीलाई भर्याङ बनाएका दलहरु र तिनका नेताहरुले. राज्य सत्तामा रजाइँ गरिरहेका छन् भने, जनता अझै पनि नयाँ विहानीको आशामा गन्तव्य खोजिरहेको देखिन्छन् ।