काठमाडौं । देशैभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पस हातावाट स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतमाथि गरिएको दुर्व्यवहारमाथि नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गरेको छ ।
स्ववियु निर्वाचन नजिकिँदै जाँदा त्रिचन्द्रका निर्वाचन अधिकृतमाथि भएको धरकपडमाथि नेविसंघले ध्यानाकर्षण गरेको हो । नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित त्रिचन्द्र क्याम्पस हातावाट स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई अखिल समर्थित गुण्डाहरूबाट धरपकड गर्ने लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाको ने.वि.संघ स्तब्ध भएको छ,। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
शान्ति सुरक्षाको जिम्मेवारीका लागि खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरु बाटै ने.वि.संघका नेताहरु सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशर जंग बम, महेश खनाल, विनोद देउवा, दिपक लामा, रोहित चौधरी, हिमान्शु ताम्राकार, सुरेन्द्र विश्वकर्मा लगायत दर्जनौ विद्यार्थी नेताहरुलाई कुटपिट तथा धरपकड गरी घाइते बनाइएको घटनाको ने.वि.संघ घोर भत्सर्ना गर्दछ,ज्ञप्तिमा भनिएको छ ।
यस्तै घाइते विद्यार्थी नेता साथीहरुको शिघ्र स्वास्थ्य लाभको काममा गर्दै यस्ता अपराधीक घटनामा संलग्न व्यक्ति माथि छानबिन गरि यथाशीघ्र कानुनी कठघरामा उभ्याएर कानुन बमोजिम कारवाही गर्न क्याम्पस प्रशासन र गृहप्रशासन सँग जोडदार माग गरीएको छ् ।
विज्ञप्ति