एजेन्सी । पाकिस्तानलाई चीन र यूएईले गरी कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन यूएईका अर्थमन्त्री इशाक डारले एक अर्ब डलरको प्रतिबद्धता जनाएका छन् ।
यस्तै, चीनले हिजो पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । पाकिस्तानले सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ दशमलव ५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो, तर पटक–पटक सर्तबाट पछि हटेपछि अहिलेसम्म तीन अर्ब डलर मात्र प्राप्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ । पाकिस्तानी रूपैयाँमा उच्च गिरावट आएको छ ।