काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२३ मा दिल्ली क्यापिटल्सलाई हराउदै गुजरात टाईटन्सले लगातार दोस्रो जित हात पारेको छ। लगातार दोस्रो जित हासिल गर्ने क्रममा गुजरातले दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीलाई ६ विकेटले हराएको हो।
दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाउँदा विजय शंकर २९ रनमा आउट भए ।
दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।
लगातार दोस्रो जित हात पारेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको दिल्ली अंकबिहिन रुपमा आठौं स्थानमा रहेको छ।