काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज एक खेल हुँदैछ। आजको खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा सुरु हुनेछ। यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ।
घरेलु मैदानमा सानदार सुरुआत गरेको गुजरात दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा आफ्नै घरेलु मैदानमा चेन्नाई सुपर किंग्समाथी ५ विकेटको जित निकालेको गुजरात आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।
दिल्लीले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो। पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई दिल्ली पहिलो जितको खोजीमा रहने छ।