काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १५ औं स्थानमा कायमै छ ।
गत साता भएको वरीयतामा ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको थियो। नेपाल भन्दा पछाडी ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।
एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ। स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ। एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन्।
अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ।