काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ। पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो। तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।
भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ। भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ। नेपालले भुटानविरुद्ध हलसम १२ पटक खेलिसकेको छ। नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको छ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्। नेपालले १ खेलमा ३ अंक जोडेको छ।