एजेन्सी । भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको निधन भएको छ। प्रदीपको शुक्रबार ६७ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो। फिल्म निर्माता र उनका साथी हंसल मेहताले सामाजिक सञ्जाल मार्फत प्रदीपको निधन भएको जानकारी गराएका छन् ।
प्रदीपले ‘परिणीता’, ‘हेलिकप्टर ईला’ र मर्दानी जस्ता हिट फिल्म निर्देशन गरेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार प्रदीपको शरीरमा पोटासियमको मात्रा घटेको थियो। त्यसपछि उनलाई शुक्रबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो ।
उनको शुक्रबार अपराह्न ४ बजे अन्तिम दाहसंस्कार गरिने जनाइएको छ। प्रदीपको फिल्म परिणीताले राष्ट्रिय अवार्ड जितेको छ। यस बाहेक फिल्मले ५ वटा फिल्मफेयर अवार्ड समेत पाएको थियो ।