काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले फराकिलो जित निकालेको छ। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार नेपालले भुटानलाई ५-० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले २(२ गोल गरिन् । दिपा रोकायाले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई अग्रता दिलाईन् । ३० औं मिनेटमा दिपाले गोल गर्दा नेपालको अग्रता दोब्बर बन्यो । खेलको ३४ औं मिनेटमा सेनुले गोल गरेपछि नेपाल ३-० ले अघि रह्यो ।
वर्षाले ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० ले अघि रह्यो। त्यसपछि खेलको ५८ औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले विजयी भयो। प्रतियोगितामा नेपालको यो पहिलो जित हो। जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ ।
भुटानको यो लगातार दोस्रो हार हो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ। अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्दा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।