काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।