विरगञ्ज । आईसीसी विश्वकप लिग डिभिजन टुअन्तर्गत यूएईलाई हराउँदै विश्वकप ग्लोबल क्वालिफायरमा छनोट गराउन सफल भएको भन्दै वीरगञ्ज महानगरपालिकाले दुई खेलाडीलाई १÷१ थान मोटरसाइकल दिने निर्णय गरेको छ।
बाराका दुई खेलाडी आसिफ र आरिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले बधाईसहित मोटरसाइकल दिने निर्णय गरेको हो।
विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनीहरू दाजुभाइ हुन्।
उनीहरूलाई यामाहाको एफ जेड –एफआई मोटरसाइकल दिइने निर्णय गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।
नेपालले हिजो (बिहीबार) त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई डिएल मेथडमा ९ रनले पराजित गरेको थियो ।