काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । पुलिस पहिलो जितको खोजीमा हुनेछ । संकटा पनि पहिलो जितको खोजीमा रहेको छ ।
यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । एपीएफ आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेको छ । रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ । सातदोबाटो लगातार तेस्रो जित निकाल्ने योजनामा छ। सातदोबाटो २ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।