काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ। आज सुन तोलामा १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो पनि तोलामा तीन सय रुपैयाँले घटेको सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।