काठमाडौं। लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन भएको छ। लम्सालको सोमबार राति निधन भएको हो। लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् ।
कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जाल फेसबुकमार्फत लम्सालको निधन बारे जानकारी दिएका हुन्।
लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय लम्सालले दर्जनौं गीत लोकप्रिय छन्।