काठमाडौं । चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ । हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । चीनमा गत वर्ष रक्षा क्षेत्रको बजेट सात दशलमव एक प्रतिशत थियो । पश्चिमा देशहरुले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् ।
जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।