काठमाडौं । इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशुसहित ५९ जनाको ज्यान गएको छ। समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको हो ।
दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।
उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेको अनुमान गरिएको छ।