काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो।
आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे। खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा उनले गोल गरेका हुन्।
त्यसअघि खेलको २७ औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोलले मान्यता पाएन्। यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि रहेको छ।
त्यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-१ गोल अन्तरले हराएको हो ।
यस जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ। सिटी २५ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। आर्सनलको ५७ अंक रहेको छ। बर्नेमाउथ २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ।