एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् ।
ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडन सोमवार युक्रेनको राजधानी किएभ पुगेको द किएभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको लगभग एक वर्ष हुन लाग्दा बाइडन अघोषित रूपमा किएभ पुगेका हुन् ।
ह्वाइट हाउसकी प्रवक्ता कारिन जीन–पिएरले बाइडन सोमवारदेखि बुधवारसम्म पोल्यान्ड भ्रमणमा जाने बताएकी थिइन् ।
पोल्यान्डमा उनले राष्ट्रपति आन्द्रेज डुडालाई भेटेर द्विपक्षीय सहकार्य तथा युक्रेनलाई सहयोगका विषयमा कुराकानी गर्नेछन् ।
उनले पूर्वी युरोपमा रहेका नेटो साझेदार मुलुकका नेताहरूसँग पनि कुराकानी गर्नेछन् । पोल्यान्ड पुग्नुअघि अघोषित रूपमा युक्रेन गएका बाइडनलाई किएभको मध्यभागमा गार्ड अफ अनर दिइएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।