काठमाडौं । युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन्। पछिल्लोपटक घुस लिएको आरोपदेखि महँगो मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो।
राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्नेगरी काम गरेको उनका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले स्वीकृति प्राप्त काममा बाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२औँ स्थानमा राखेको थियो।