काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।
बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।