काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ६६७ नमुनाको पिसिआर विधिबाट र १९०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
आज ५६ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । देशभर सक्रिय संक्रमितको संख्या २५ सय नाघेको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार ५३७ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।